हामी किन विज्ञापन बिक्री गर्छौं,
खोज परिणाम हैन।

सबै थोक बिक्रीको लागि रहेको जस्तो देखिने संसारमा विज्ञापनदाताहरू किन हाम्रो खोज परिणाममा अझै राम्रो अवस्था खरिद गर्न सक्दैनन्?

जवाफ सरल छ। हामी Google प्रयोग गरेर तपाईँले फेला पारेको कुरामा तपाईंले भरोसा गर्न सक्नु पर्छ भन्ने कुरामा विश्वास गर्छौं। सुरुदेखि, खोजी गर्न हाम्रो प्रस्ताव हाम्रो प्रयोगकर्ताहरूको लागि सबैभन्दा प्रासंगिक जवाफ र परिणामहरू प्रदान गर्ने भएको छ।

Google खोज परिणामले कुनै वेब पृष्ठ लिंक गर्ने व्यक्ति तथा त्यो पृष्ठमा रहेको सामाग्री तपाईँको खोजीको सन्दर्भमा कत्तिको सान्दर्भिक छ भन्ने कुरालाई ध्यान दिन्छन् । हाम्रो परिणामले अनलाइन समुदायले महत्वपूर्ण ठानेको कुरा प्रतिबिम्बित गर्छन तर तिनले हामी वा हाम्रा साझेदारहरूको बिचारमा तपाईंले हेर्नुपर्ने कुराको प्रतिबिम्बित गर्दैनन् ।

र एका तिर हामी सान्दर्भिक विज्ञापनहरू वास्तविक खोज परिणाम जत्तिकै उपयोगी हुन सक्छन् भन्ने कुरामा विश्वास गर्छौं भने अर्को तिर हामी कोही पनि कुन कुरा विज्ञापन हो र कुन कुरा विज्ञापन होइन भन्ने बारेमा भ्रमित भएको हेर्न चाहँदैनौं।

Google मा रहेका हरेक विज्ञापनमा प्रस्ट रूपमा चिन्ह लगाइएको र वास्तविक खोज परिणामहरूबाट अलग्गै अलग्गै राखिएको हुन्छ । विज्ञापनदाताहरूले विज्ञापन रहने क्षेत्रको सबभन्दा माथि देखिन थप भुक्तानी गर्न सके पनि कसैले पनि पैसा तिरेर खोज परिणामहरूको सबैभन्दा माथि देखिन सक्दैन । यस बाहेक, तपाईँले प्रविष्टि गर्नुभएको खोज पदहरूमा सान्दर्भिक विज्ञापनहरूलाई मात्र प्रदर्शित गरिन्छ । यसको मतलब तपाईँ वास्तवमा उपयोगी विज्ञापनहरू मात्र देख्नुहुन्छ।

केही अनलाइन सेवाहरू खोज परिणाम र विज्ञापन बीचको भिन्नता त्यति धेरै महत्वपूर्ण हुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्।

हामी गर्छौं।