हामी कहिले , कहाँ र कसरी ३६० डिग्रीका फोटो सङ्कलन गर्छौँ भन्नेबारेमा जानकारी प्राप्त गर्नुहोस्
Street View फोटो सङ्कलन गर्न प्रयोग गरिने Google का विविध साधनहरू र हामीले विश्वको नक्सा अझ राम्रो बनाउने प्रयोजनका लागि ३६० डिग्रीका फोटो सङ्कलन गर्ने तरिकाका बारेमा जान्नुहोस्।
फोटोग्राफीका स्रोतहरू
हामी यो महिना कुन ठाउँको नक्साङ्कन गर्दै छौँ
हामी सवारी साधनका माध्यमबाट वा पैदल यात्रा गरेर विश्वका विभिन्न ठाउँहरूको भ्रमण गरेर तपाईंलाई Street View मा अझ राम्रो अनुभव प्रदान गर्ने र तपाईंलाई आफ्नो वरपर रहेका कुराहरू देखाउने फोटो सङ्कलन गर्छौँ। तपाईं हाम्रो टोलीसँग भेट्न चाहनुहुन्छ भने उनीहरू तपाईं बस्ने ठाउँको आसपासका क्षेत्रमा कहिले आउँदै छन् भन्ने कुरा थाहा पाउन तल दिइएको जानकारी हेर्नुहोस्।
../../streetview/static/feed/driving/data.json
| Date | District |
|---|
हाम्रो नियन्त्रणबाहिरका कारक (मौसम, बन्द सडक, आदि) हरूले गर्दा हाम्रा कारहरू नचल्ने वा यिनीहरूको सञ्चालन प्रक्रियामा परिवर्तन हुने सम्भावना सधैँ रहन सक्छ। कृपया सूचीमा कुनै निश्चित सहर उल्लिखित भए तापनि, यसमा गाडीबाट जान सकिने दूरीमा रहेका साना सहर र नगरहरू पनि समावेश हुन सक्छन् भन्ने कुरा पनि ध्यानमा राख्नुहोस्।
विश्वका असाधारण ठाउँहरूको अन्वेषण गर्ने प्रयोजनका लागि तयार पारिएका साधनहरू
हामीले सातै वटा महादेशमा विभिन्न असाधारण ठाउँहरूको भ्रमण गरेका छौँ र हामी थप ठाउँहरूको भ्रमण गर्दै जाने छौँ। फोटो खिच्ने प्रयोजनका लागि उचित साधन प्रयोग गर्न तथा उत्कृष्ट फोटो सङ्कलन गर्न सकियोस् भन्नाका लागि यात्रामा निस्कनुअघि हामी भू-भाग, मौसम र जनसङ्ख्याको घनत्वलगायतका विभिन्न कुराहरूका बारेमा विचार गर्छौँ।
Street View कार
ट्रेकर
नक्सालाई जीवन्त बनाउँदै
इमेजरीको सङ्कलन कार्य
स्थानहरूलाई सडक दृश्यमा देखाउनका लागि सर्वप्रथम हामीले ती स्थानका वरपर गाडी कुदाउँदै तस्बिरहरू खिच्नु पर्ने हुन्छ। हामी सकेसम्म उत्कृष्ट इमेजरी खिच्न सकिने समय र स्थान निर्धारण गर्न विभिन्न क्षेत्रका मौसम तथा जनघनत्वका साथै अन्य धेरै कारक तत्त्वहरूलाई नजिकबाट नियाल्छौँ।
पङ्क्तिबद्ध इमेजरी
हरेक छविलाई नक्सामा त्यसको भौगोलिक स्थानसँग मिलाउन हामी कारमा रहेको GPS, गति र दिशानिर्देशन मापन गर्ने सेन्सरहरूबाट प्राप्त सङ्केतहरूलाई संयोजन गर्छौँ। यस कार्यले हामीलाई कारको वास्तविक मार्ग पुनर्निर्माण गर्न र आवश्यकताअनुसार छविहरूलाई ढल्काउन र पङ्क्तिबद्ध गर्न मद्दत गर्छ।
तस्बिरहरूलाई ३६० डिग्रीका तस्बिरहरूमा बदल्ने कार्य
३६० डिग्रीका तस्बिरहरूका बीचमा खाली ठाउँ देखिन नदिन निकटस्थ क्यामेराहरूले थोरै खप्टिएका तस्बिरहरू खिच्छन्, त्यसपछि हामी ती तस्बिरहरूलाई 'स्टिच गरेर' ३६० डिग्रीको सिङ्गो छवि बनाउँछौँ। त्यसपछि हामी "जोडेको ठाउँमा देखिने धर्साहरू" कम गर्न र उक्त ठाउँ चिल्लो पार्न छवि प्रशोधन गर्ने विशेष एल्गोरिदमहरू प्रयोग गर्छौँ।
तपाईंलाई सही छवि देखाउने कार्य
कारका लेजरहरू वस्तुका सतहमा ठोक्किएर परावर्तन हुन कति समय लाग्छ भन्ने कुराले हामीलाई कुनै भवन वा वस्तु कति दूरीमा छ भन्ने जानकारी दिन्छ र यसले हामीलाई विश्वको 3D मोडेल बनाउन मद्दत गर्छ। तपाईं Street View मा हालको क्षेत्रबाट धेरै टाढाको क्षेत्रमा जानुभयो भने यो मोडेलले उक्त लोकेसनको सबैभन्दा उपयुक्त प्यानोरमा देखाउँछ।